![](http://himaltimes.com/wp-content/uploads/2020/06/Screenshot_2020-06-16-13-55-35-49.jpg)
एजेन्सी । भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएकाे बताएको छ। केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका यी देशका सेनाहरु फेरि आमनेसामने भएका हुन्।
आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको
छ”‘चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको उल्लेख गरेको छ। विज्ञप्ति अनुसार उक्त क्षेत्रमा चिनियाँ सेनाले प्रवेश गर्न खोजेपछि भारतीय सेनाले रोकेको छ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको अवस्थालाइ परिवर्तन गर्न सैन्य उक्साहट गरेको बताएको छ।
यद्यपी बीचमा शनिबार र आइतबार रातिका झडप भएपनि झडप अहिलेसम्म सामान्य अवस्थामा रहेको बुझिएको छ।
गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।
चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन्। सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सैन्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन्।