![](http://himaltimes.com/wp-content/uploads/2020/08/PicsArt_08-05-07.03.00.jpg)
दोलखा । तामाकोशी गाउँपालिका-७ हावाबाट गोरू काटेको अभियोगमा जिरी नगरपालिका-९ खोल्मे बस्ने ३१ वर्षीय पोस बहादुर तामाङ समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
उनीहरुले सोही ठाउँस्थित बारीमा गोरू काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ।