![](http://himaltimes.com/wp-content/uploads/2020/06/FB_IMG_1592114863837.jpg)
पर्वत । कुश्मा नगरपालिका-७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।