![](http://himaltimes.com/wp-content/uploads/2020/08/Screenshot_2020-08-23-08-32-26-73.jpg)
बारा । स्रोत नखुलेको २० लाख रकमसहित बारामा तीन जना पक्राउ परेका छन् ।
बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।