काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ८० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९८० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार २७ रहेको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
यस्तै १ हजार ८१५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २८ हजार ९४१ जना पुगेका छन ।
त्यस्तै नेपालमा हालसम्म २८९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ९ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।