
ऐजेन्सी । चीनले निर्माण गरेको अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।
यो यान पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान हो । यसले अन्तरिक्ष यात्रालाई सस्तो सुलभ बनाउने सन्दर्भमा यो महत्त्वपूर्ण सुरुवात रहेको चीन सरकारले घोषणा गरेको चीनिया सञ्चारमाध्यमले जनाएका छन ।


समाचार अनुसार उक्त यान गत शुक्रबार जिक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।
यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ ।
यधपी गोप्य रूपमा विकास गरिएको यस अभियानबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । यानको आकार तथा बनोटबारे पनि केहि उल्लेख गरिएको छैन ।