प्रधानमन्त्रीद्धारा कोभिड संक्रमित डा केसीको स्वास्थ्य लाभको कामना

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।