उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्षमा शेखर गोल्छा निर्वाचित

everest kitchen

काठमाडौ । उद्दमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन्। करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन्।

गोल्छासहितका ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले आजै बेलुका पदभार बहाली गर्ने कार्यक्रम रहेको छ। आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एशोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन्।

नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष भइसकेका गोल्छा महासंघकै विभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन्। पछिल्लो कार्यकाल भने वरिष्ठ उपाध्यक्षको भुमिकामा थिए। अध्ययनशील र आर्थिक विषयवस्तुमा पकड राख्ने व्यवसायीका रुपमा चिनिने गोल्छा आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन्।