प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ ।
यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरि निर्वाचन मिति तोकिएको हो ।
सरकारले सांसद बिघटन गरेपछि भने सत्तारुढ दल नेकपा भित्रै र विपक्षि दलहरु पनि सरकारको कदम प्रति आपत्ती जनाउदै बिरोध गर्न थालेका छन् ।
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस, जसपा, साझा विवेकशिल लगायत दलहरुले बिरोध कार्यक्रम कार्यतालिका नै सार्वजानिक गरेर बिरोध गर्न थालिसकेका छन् भने नेकपा पार्टी भित्रै अधिक सदस्यहरुले खुल्लाम खुल्ला बिरोध गर्न थालेका छन् ।
प्रधानमन्त्री ओलीको यस कदम प्रति नेकपा केन्द्रिय समिति बैठकले कस्तो निर्णय लिन्छ भने आम चासो रहेको छ । 
Home  Flash News  राष्ट्रपति भण्डारीद्वारा सांसद बिघटन पारित गरेसँगै नयाँ चुनावि मिति घोषणा, सर्बत्र बिरोध
 
                










