ओली इतर समूहका मन्त्रीले राजीनामा दिने

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली इतर समूहका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले संविधानको विरोधमा उभिँदै एकलौटी शैलीमा संसद विघटनको प्रस्ताव लगेपछि मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।

खानेपानी मन्त्री विना मगरका अनुसार अब सरकारमा बस्ने कुनै अर्थ नहुने भन्दै राजीनामा दिन लागिएको हो । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ले राजीनामा दिन लागेका हुन् ।

ओली इतर समूहमै भनिएका रामबहादुर थापा, लेखराज भट्टले भने राजीनामा दिने नदिनेबारे स्पष्ट भइसकेको छैन् । अन्य मन्त्रीहरुले भने राजीनामा दिने भएका हुन् ।