![](http://himaltimes.com/wp-content/uploads/2021/01/new.jpg)
मलेसिया, मलेसियामा ६ वटा राज्यमा यहि जनवरी १३ तारिकबाट २६ तारिकसम्मको लागि आवागमन निषेधाज्ञा (एमसिओ) लागु हुने भएको छ । एमसिओ लागु हुने राज्यहरुमा पुलाउ पेनाङ, सेलाङगर, विलाया पर्सेकुतुवावान (केएल, पुत्राजया, लावुवान) जोहोरबारु, साबाह, मेलाक्का लगायतका छन् भने अन्य राज्यमा भने सुधारिएको आवागमन निषेधाज्ञा (आरएमसिओ) र ससर्त आवागमन निषेधाज्ञा (सिएमसिओ) लागु हुनेछ ।
नियन्त्र हुन लागिसकेको कोरोना महामारी दुई तीन महिना यता झन झन बढ्न थालेपछि सरकारले बाध्य भएर एमसिओ लागु गरेको आज मलेसियाका प्रधानमन्त्री मुयाद्दीनले जनताका नाममा सम्बोधन गर्दै जानकारी गराए ।
गत अक्टोबर महिनामा मलेसियाको साबाह राज्यमा निर्वाचन हुनु अगाडी मलेसियामा दैनिक ६,७ जना बिरामि मात्र भेटिने गरेका थिए भने साबाह राज्यको निर्वाचनमा अनियन्त्रित भिड, गतिबिधिले एक्कासी कोरोना बिरामिको संख्या बढ्न थालेको थियो ।
साबाह राज्यबाट अन्य राज्यमा कोरोना सर्नथालेपछि अहिलेभने दैनिक २ हजार भन्दा बढी बिरामि भेटिन थालेको छ । दैनिक मृत्यू हुनेको संख्या पनि ह्वात्तै बढेको छ । एमसिओमा आवश्यक काम बाहेक बाहिर निस्कन मनाहि हुन्छ भने एक राज्यबाट अर्को राज्य जानलाई पनि स्थानिय सरकारी निकाय वा प्रहरी पास अनिवार्य हुन्छ ।
अत्यावश्यक पसलहरु जस्तै खानेकुरा, औषधि पसलहरु खुल्ला रहने भएता पनि अन्य कामकारवाहिहरु भने निषेध हुनेछ ।
मलेसियामा कार्यरत नेपाली कामदारहरुले पनि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईले अनुरोध गरेका छन् ।