नेपालभर आज ३४८ संक्रमित हुदा ४४१ जना निको भए

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ। नेपालमा गएको २४ घण्टमा ३७४ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ६२ हजार २५८ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ७६४ जना रहेका छन ।

हालसम्म नेपालमा १ हजार ९६९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ४ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।