“दर्गेलिङ्ग कृषि सहकारीको अध्यक्षमा पुनः तेमाल सिं तामाङ चयन

everest kitchen

काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर – ८ भोर्ज्याङ गाउँमा रहेको “दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेड”को अध्यक्षमा पुन: तेमाल सिं तामाङ चयन भएका छन् । तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिलेको भन्दै दोस्रोपटक पनि सर्वसहमत चयन गरेको हो ।

शनिवार सहकारीको चाैथो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः तेमाल सिं तामाङ, उपाध्यक्षमा विजय लामा, सचिवमा भोजकुमार थोकर र कोषाध्यक्षमा पल्देन लामा चयन भएका हुन ।

त्यस्तै, सहकारीको सदस्यहरुमा रुपक लामा, सुशिला लामा फुर्सङ लामा र लेखासमितीमा मेकमाया लामा, उर्गेन लामा, प्रस्तिका लामा चयन भएका छन् ।

२०७३ सालदेखि सञ्चालनमा आएको उक्त सहकारीले स्थापना कालदेखि नै स्थानीय स्तरमा आफ्नो पहुँच र सफलता प्राप्त गर्दै आएको बताएको छ ।