मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

everest kitchen

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ ।
काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।
काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ उडान खुल्ने भएको हो ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको हो ।
उडानको मिति र समय तालिका भने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्नेछ ।