चितवनको निषेधाज्ञालाई खुकुलो बनाएर लब्याउने तयारी

everest kitchen

लक्ष्मण भट्ट, चितवन । चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । असार ११ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिमार्जनसहित निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी दिए । ‘जिल्लामा अझै पूर्ण रुपमा कोरोना नियन्त्रण त आएको छैन, विस्तारै घट्दो क्रममा भएकाले निषेधाज्ञामा केही परिमार्जन हुन्छ’–प्रजिअ लामिछानेले भने ।

निषेधाज्ञा खुकुलो बनाउने विषयमा आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । सोही बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते राति देखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

बैक तथा वित्तीय संस्था खुल्न दिएर जेठ २७ गते राति १२ बजेसम्मलाई थप गरेको थियो । जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३ गते राति १२ बजेसम्म लागू हुने गरी थप गरेको थियो । छैठौं पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।