संस्थाको महत्त्व र बिकास सम्बन्धि एक दिने परामर्श कार्यक्रम

everest kitchen

काठमाडौं । अन्यर्राष्ट्रिय नेपाली समाज मलेसियाको आयोजना तथा पीएनसीसी मलेसियाको सहकार्यमा संस्थाको महत्त्व र बिकास सम्बन्धि एक दिने परामर्श कार्यक्रम जुलाई २५ तारीख सम्पन्न भएको छ । उक्त कार्यक्रम भर्चुअल जुमको माध्यमबाट डा. स्वामी कृष्णले परामर्श प्रदान गरेका थिए ।

सामाजिक संस्था र समाजसेवीहरुलाई निरन्तर अग्रसर रहन र सामाजिक कार्यमा सृजनशीलता प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बरिस्ठ उपाध्यक्ष शमशेर मल्ल (समीर) को सभापति, प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष तथा थर्ड आई एकेडेमीका प्रमुख संस्थापक डा. स्वामी कृष्ण रहेका थिए ।

साथै अतिथिमा एनआरएनए मलेसियाका संथापक अध्यक्ष तथा बर्तमान संरक्षक संकर बहादुर पौडेल ,पीएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाई, जनउद्धार पेनाङका अध्यक्ष केशु थापा, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ, नेपाल तमु समाज मलेसियाला अध्यक्ष समीर गुरुङ, सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी, किराँत राई यायोक्खा मलेसियाका सहसचिव केवल कुलुङ, हेल्प मधेसी मलेसियाका सचिव बिजय मण्डल, मेचीमहाकाली सेवा समाज मलेसियाका सल्लाहकार नेत्र सेन ठकुरी, असल छिमेकी मलेसियाला अध्यक्ष पुर्ण सुब्बा र चमार समाज मलेसियाका सचिव सुरेन्द्र चमार रहेका थिए ।

कार्यक्रममा प्रमुख परामर्शदाता डा. स्वामीले संस्था बृहत परिवार नै हो जसलाई सफल बनाउन हेरक सदस्यहरुको उतिकै जिम्मेवारी र भुमिका रहेको हुन्छ । बिधानले निर्दिष्ट गरेको जिम्मेवारी र दायित्व पालना गरि पारदर्शिता, भातृत्व, सम्मान सहभागीता र प्रजातान्त्रिक तवरले संस्था संचालन हुदा संस्थाले सफलता प्राप्त गर्न सक्ने डा. स्वामीको निस्कर्ष थियो । यसै क्रममा डा. स्वामीले संस्थागत बिकासको लागि सामुहिक नौतिक भावनाहरु, लक्ष्य प्राप्तिका रणनीति र कार्यनयन सम्बन्धि बृहत बिचार र परामर्श प्रदान गरेका थिए ।

परामर्श सकिए लगातै कार्यक्रमको दोस्रो खण्ड अन्तरकृया गरि सहभागीहरुले राखेका प्रश्न र जिज्ञासाहरुको जवाफ डा. स्वामी कृष्णले दिएका थिए ।

कार्यक्रममा मन्तब्यको क्रममा जनउद्धारका अध्यक्ष केशु थापाले समाजिक क्षेत्रमा लागेको लामो समय भएपनि यस्ता उपयोगि कार्यक्रममा पहिलो पटक सहभागी भएको भन्दै खुसि ब्यक्त गरेका थिए । साथै सबै सामाजिक संस्थाहरु एकताबद्ध भइ सहकार्य गरि मलेसियामा रहेका पिडित नेपालीहरुलाई उद्धार गर्न सके कोहि पनि नेपाली मलेसिया अलपत्र नहुने बताए । यस्तै पीएनसीसीको संयोजक मछिन्द्रनाथ चापागाईले संस्थामा तथ कुनै पनि कार्यक्रममा सकृय सहभागी हुन जरुरी रहेको छ । हाम्रो नेपालीहरु पिडित भए पछि मात्र संस्था खोज्ने र सहयोग माग्ने गरेको बताए ।

कार्यक्रम समापन गर्दै सभापति शमशेर (समीर) मल्लले धन्यबाद ज्ञापन गर्दै संस्थाहरुमा देखिएको कुसंस्कारको अन्त्य गर्न यस्ता कार्यक्रमहरु अपरिहार्य रहेको बताए । संस्था समाजको दर्पण हो, संस्थाले गरे हरेक कार्यले समाजमा प्रत्येक्ष असर पर्ने भएकाेले सबै संस्थाहरुले सकारात्मक सोचको साथ हातेमालो गरि मलेसिया रहेका नेपालहरुको परोपकार र भलाईकोलागी एकजुट हुन आहग्रह गरे ।

यस कार्यक्रम संचालन बिक्रम याक्खाले गरेका थिए भने कार्यक्रममा गजल वाचन टुकेन्द्र थुलुङले गरेका थिए  । कार्यक्रममा मलेसियामा रहेका १ दर्जन बढि संस्थाको पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।