रुकुम पश्चिमको त्रिवेणीमा एक महिला मृत फेला, कसैले ज्यान लिएको आशंका

everest kitchen

रुकुम । रुकुम पश्चिममा एकजना महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छहरे, छोटेगांरा की २६ वर्षकी मनकला खत्री खड्काकाे गएराति घर नजिकै कसैले ज्यान लिएको अवस्थामा फेला परेकी हुन ।

घर नजिकै बस्तुभाउलाई घास हाल्न घर बाहिर निस्केकी उनको अज्ञात व्यक्तिले बेला धारिलो हतियार प्रयाेग गरि ज्यान लिएको हुनसक्ने स्थानीयले जानकारी दिए । घटना बारे अनुसन्धान गर्न प्रहरी घटना स्थल पुगिसकेको र घटना के कसरी घट्यो भन्ने बारे खुल्न नसकेको बताएको छ ।

मृतकको श्रीमान बल बहादुर खड्का बिगत ४ बर्षदेखि वैदेशिक राेजगारीकाे सिलसिलामा देश बाहिर रहेको र उनको सात बर्षको छोरासमेत रहेको मृतकका जेठाजु केस बहादुर खडकाले जानकारी दिए । उनका अनुसार गाउँमा त्यस्तो खालको दुस्मनी कसैसँग नभएको भएपनि घटना घट्नुले आफ्नो परिवारमा त्रासपुर्ण वातावरण सिर्जना भएकोले घटनाको सुक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाहीको लागि उनलेे माग गरे ।

घटनाको अनुसन्धानकाे लागि रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठ नेतृत्वको टाेलि घटना स्थल पुगेसकेको र घटना बारे कडाईकासथ छानबिन गर्न अनुरोध गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्काले बताईन । बिष्टका अनुसार उनी पनि घटना स्थल पुग्न लागेको घटनाको बारे कडाइसाथ अनुसन्धान गरिनुपर्ने बताईन ।