मलेसियामा रहेका भोजपुरेहरुद्वारा एकता समाज स्थापना

everest kitchen

मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुद्वारा ‘भोजपुरे एकता समाज मलेसिया’ स्थापना गरिएको छ ।
यहि शुक्रबार जुम भर्चुअल मार्फत एक कार्यक्रम गरि समाजको स्थापना गरिएको हो ।
मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना भएको र प्रवासमा बसोबास गरिरहेका सम्पूणर् भोजपुरेहरुलाई एकताबद्ध गर्ने उद्देश्यले कार्यक्रम स्थापना गरिएको बताइएको छ ।
समाजमा खेमराज खत्रीको अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा सन्तोष राना, सचिवमा अंकित राई, सह-सचिव मदन बिष्ट, कोषाध्यक्ष दीलिप श्रेष्ठ, सह-कोषाध्यक्ष निमा शेर्पा रहेका छन । त्यसैगरि सदस्यहरुमा श्याम राई, अमृत थापा, दिनेश मगराति, नगेन्द्र राउत, चन्द्रबहादुर घिमिरे, सैलेन्द्र राई, मनो तामाङ्ग, सुजन राई रहेका छन् । समाजको प्रमुख सल्लाहकारमा बिनोदबहादुर थापा रहेका छन भन् सल्लाहकारमा पर्वत राई रहेका छन् ।