![](http://himaltimes.com/wp-content/uploads/2020/07/IMG_20200714_142943.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’ बैठकका निर्णय जानकारी गराउँदै श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन् ।’
त्यस्तै उनले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको पनि जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीले तयारि थालेको छ।