थप २ हजार जनामा संक्रमण पुष्टि, १६ जनाको निधन

everest kitchen

 

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २१ हजार १ सय ८२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज पछिल्लो २४ घन्टामा १४ हजार ६ सय ५० जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, हालसम्म ३३ हजार ९ सय ४६ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । आज १६ जनाको निधन भएसँगै नेपालमा कुल मृतकको संख्या १० हजार ७ सय ८६ पुगेको छ ।