जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

everest kitchen

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ ।

कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेकामा तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

१७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिइने उनले बताए । बाँकी रिहा भइसकेका छन् ।