तरुण दलका युवा नेता जनक केसी माओवादी केन्द्रमा प्रवेश

everest kitchen

रुकुम । तरुण दलका युवा नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तरुल दल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि   जनक केसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

तरुण दलको संगठनमा सक्रिय रुपमा लागिरहेका केसीलाई माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सदस्य गोपाल शर्मा “अनल” र माओवादी नेता तथा गाउँपालिकाका निर्वाचित अध्यक्ष झक्कु प्रसाद घर्ती “अभियान”ले पार्टी प्रवेश गराएका हुन ।

माओवादी प्रवेश गरेका केसीले पार्टी प्रवेश गर्दै काङ्ग्रेस मन नपरेपछि माओवादीमा प्रवेश गरेको बताए । उनले भने, “म‌ैले काङ्ग्रेसमा रहदा थुप्रै दु:ख गरेको छु, तर मलाई पार्टीले खास मुल्यांकन गर्न सकेन, आज देखि म पनि माओवादी भएको घोषणा गर्छु । ” ( सम्पादन गरिएको )