माओवादीको मतदाता नामावली सार्वजनिक

everest kitchen

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । आयोगले मतदाता १ हजार ७४२ जनाको नामावलीको सूची सार्वजनिक गरेको हो ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । ​

हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । । ​