राष्ट्रियसभा उम्मेदवार छान्ने कसरतमा काँग्रेस

everest kitchen

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने उक्त बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने जनाएको छ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतको गठबन्धन मिलेर चुनावी प्रतिस्पर्धा गर्ने गठबन्धनको तयारी रहेको छ । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसदको कार्यकाल सकिदै छ ।