बागमतीमा एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता

everest kitchen

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।