पूर्वमन्त्री तथा माओवादी नेता पुन डिस्चार्ज

everest kitchen

काठमाडौं । पूर्वमन्त्री  माओवादी केन्द्रका नेता वर्षमान पुन “अनन्त” अस्पतालबाट डिस्चार्ज भएका छन्। क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्।

उनी बैंकक र चीनमा गरि ९८ दिन लामो उपचारपछि आज अपरान्ह थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन । उनको आजै डिस्चार्ज भएपनि ३ दिनपछि मात्र नेपाल आउँने बताएको छ ।

स्वास्थ्यमा केही सुधार हुन थालेदेखिनै उनले चीनका कम्युनिष्ट पार्टीको नेताहरु तथा चीनका लागि नेपाली राजदुतलगायतहरुसँग भेटघाट गर्न थालेका छन् ।