जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप

everest kitchen

धनुषा। धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप भएको । राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई लाठी र अश्रुग्याँस प्रहार गरेको छ ।

सामान्य झडप भएको ६ राउण्ड अश्रुग्याँस प्रहार गरिएको धनुषाका एसपी बसन्त रजौरेले बताए । किसान आन्दोलनमा नाममा जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल तिर प्रवेश गर्न खोजेका हुन् ।

प्रहरीले उनीहरूलाई मतदान स्थल प्रवेश गर्नबाट रोक लगाएको छ ।