धानुक समाज सेवा मलेशियाद्वारा क्यान्सर पिडीत बालकलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
धनुषा । धानुक समाज सेवा मलेशियाले क्यान्सर पिडीत बालक लाई आर्थिक सहयोग गरेको छ । समाजले साेमवार धनुषा सबैला नगरपालिका वडा न- ११ ईनर्वा निवासी जिवछ मण्डल काे छाेरा क्यान्सर पीडित ६ बर्षका अभिजित कुमार मण्डललाई ४० हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।

सानै उमेरमा ब्लड क्यान्सरकाे शिकार भएका उनी ४ महिना देखि काठमाडौंकाे कान्तिबाल हस्पिटलमा उपचाररत छन । अहिले सम्म लगभग ६ लाख जति खर्च भैसकेको र थप उपचारको लागि १५ लाख जति उपचार खर्च चाहिने भएपछि परिवारले सहयोगको याचना गरेको थियो ।

याे पिडित बच्चाको समस्या बारे धानुक समाज सेवा मलेशियाका सल्लाहकार ईन्द्रजित मण्डलले संस्थामा पहलगरेपछि समाजका मलेशिया स्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले पिडीतकाे अपिल स्विकार्दै बालकलाई सहयोग गरेको बताएको छ ।

त्यस्तै, धानुक समाज सेवा मलेशियाका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तुलाराम मण्डलकाे पहलमा मलेशियाकाे मेईबन टेक्नोलोजी कम्पनीमा कार्यरत श्रमिकहरुबाट समेत रकम संकलन गरिएको धानुक समाज सेवा मलेसियाका केन्द्रिय उपाध्यक्ष विजय कुमार मण्डलले जानकारी दिए ।

धानुक समाज सेवा नेपालका पदाधिकारीहरु, बसन्त कुमार मण्डल,उन्देश्वर राय,मन्जय मण्डल र धानुक समाज सेवा मलेशिया का सल्लाहकार ईन्द्रजित मण्डलले पिडीतकाे घरमै गएर सहयोग रकम हस्तान्तरण गरेका थिए ।