ट्युसन पढ्न गएकी १७ बर्षिया कविताको ह,त्या आशङ्कामा २ जना नियन्त्रणमा

everest kitchen

काठमाडौँ । ट्युसन पढ्न घरबाट निस्किएकी उदयपुरको बुद्धचोककी कविता सुनुवारको ह,त्याको आरोपमा २ जना पक्राउ परेका छन्। एसइई परीक्षाको तयारीमा रहेकी उनी ट्युसन जान मङ्गलवार बेलका नगरपालिका-३ मा रहेको घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिईन ।

घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको थियो। १७ वर्षकी उनको शव गाउँक‌ यशोदा खोलामा फेला परेको थियो। वरपर रगत लत्पतिएको र टाउकोमा गह्रुँगो वस्तुले हानेको झैँ देखिएपछि ह,त्या भएको हुनसक्ने देखिएपछि प्रहरीले उनकै दुई जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ ।

पक्राउ परेका उनीहरू जिल्ला प्रहरी कार्यालय गाईघाटको हिरासतमा छन्। स्थानीयले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै शव उठ्न दिएका छैनन्।