भीमफेदीको अध्यक्ष र उपाध्यक्षमा एमालेको पुरानै उम्मेदवार

everest kitchen

हेटौंडा । नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ ।

शनिबार भएको भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए ।

यसैगरि उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेद्वार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरिकी थिईन् ।