पिएनसीसीद्धारा प्रवासी श्रमिकको लागि स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)को आयोजनामा प्रवासीसँग डाक्टर कार्यक्रमको छैठौं श्रृंखला जुन १७ तारिखका दिन भर्चुअल जुम माध्यमबाट सम्पन्न भएको छ । भक्तपुर क्यान्सर अस्पतालका जनरल फिजिसियन डा. बिकास आनन्दले कार्यक्रममा स्वास्थ्य परामर्श तथा सुझाव दिएका थिए ।

कार्यक्रमको शुरुवातमा डा. बिकास आनन्दले जनरल स्वास्थ्य सम्बन्धि स्लाइड सहितको ३० मिनेटको प्रस्तुति दिएका थिए । मृगौलाको पथरी, ग्यास्ट्रिक, पायल्स, रक्तचाप लगायको समस्याको आधारभुत जानकारी र बच्ने उपायको बारेमा परामर्श प्रदान गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा दर्जनौं सहभागीहरुले राखेका जिज्ञासा तथा समस्याको बारेमा डा. बिकास आनन्दले परामर्श प्रदान गरेका थिए ।

कार्यक्रममा १०० भन्दा बढि सहभागी रहेको यस कार्यक्रमको संचालान तथा सहजिकरण पिएनसीसीका कार्यक्रम संयोजक भरत नेपालले गरेका थिए ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले खाडि मुलुक तथा मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कानुनी जनचेतना, उद्धार र सहायता कार्य विगत १४ बर्ष देखि गर्दै आएको छ । यस अघि पनि संस्थाले मानव स्वास्थ्य सम्बन्धी कार्यक्रम “प्रवासीसँग डाक्टर” नियमित सञ्चालन गर्दै आएको थियो ।

यस कार्यक्रमबाट विश्व भर रहेका लाखौं नेपालीहरुले स्वास्थ्य परामर्श तथा विभिन्न समस्याको समाधानको उपाए बारे लाभ लिएको संयोजक नेपालले जानकारी दिए । साथै उनलेे सातौं श्रृङखला पनि निकट भविष्यमा आयोजना गरिने बताए ।