तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न

everest kitchen

सविन कुमार लोप्चन
काठमाडौं । तामाङ पत्रकार संघ भक्तपुरद्वारा नगरकोट स्थित एक होटलमा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न भएको छ।

तालिमको समापन बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्य र संघका अध्यक्ष सुदिन लामाको अध्यक्षतामा एक समारोहको आयोजना गरी सप्पन्न भएको थियो। उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा नेपाल राष्ट्रिय तामाङ घेदुङ्का महासचिव प्रबिन कुमार बल,तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङ,तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान,तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल,लगायत थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो।

आज सम्पन्न तालिम २० गते देखि सुरुवात भएको थियो भने आयोजक कमिटी सहित २३ जनाले प्रशिक्षण लिएको थिए । छापा र अन्लाईन पत्रकारिता बारे बरिस्ठ प्रशिक्षक अमर ध्वोज लामा र उदघोषण र ब्याक्तित्व बिकास बारे राष्ट्रिय प्रशिक्षण बिकाश देव योञ्जनले प्रशिक्षण दिएका थिए ।

त्यस्तै उक्त तालिम बाट प्रशिक्षार्थीहरुले प्रशिक्षण पछि धेरै कुरा सिक्न पाएको भन्दै प्रशिक्षणमा भाग लिने मौका दिएकोमा आयोजक टिमलाई धन्यवाद प्रकट गरेको थियो।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका तामाङ्ले अहिले यत्र तत्र रुपमा देखावटी पत्रकारिता गर्दै व्यावसायिक पत्रकारिता ओझेलमा पर्दै गएको बताए। त्यस्तै जुन सुकै पेसा गरे पनि आफुमा लगनसिलता अनिवार्य रहेको र पत्रकारिता पेसामा लागे पछि समाचार लेख्दा सन्देश मुलक र खोज मुलक समाचार लेख्न पनि अनुरोध गरे।

त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्जनौं व्यावसाय विभिन्न सामाजिक ब्याक्तित्व हरुलाई प्रशंसा पत्रको साथ सम्मान गरेको थियो भने अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ संस्था,सामाजिक ब्याक्तित्वहरु,प्रशिक्षक द्वोय र उपस्थित प्रशिक्षार्थी हरुलाई स-धन्यवाद प्रकट गरेका थिए।