हलिउड अभिनेत्री एम्बर हर्डलाई एडल्ट फिल्मको अफर

everest kitchen

एजेन्सी । हलिउड अभिनेत्री एम्बर हर्डलाई एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ । एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको हो ।

पोर्न आरएन वेबसाइटका अध्यक्ष वेरोनिका मेडजेरियाले अभिनेत्रीको वकिल ऐलेन ब्रेडहोफ्टलाई एक पत्र लेखेपछि एडल्ट फिल्ममा अभिनयको प्रस्ताव गरिएको खुलासा भएको बताएको छ ।

‘प्रिय ब्रेडहोफ्ट, मेरो नाम वेरोनिका मेडजेरियन हो । म कम्पनीमा अध्यक्षको रुपमा काम गर्छु । एक प्रोडक्सन फर्म र मोडलिङ एजेन्सी, जेन मोडल्स । हर्डलाई एक फिल्ममा काम गर्ने मौका दिनका लागि कैयौं भिडियो प्रोडक्सन फर्मले हामीलाई सम्पर्क गरेका छन्’ पत्रमा लेखिएको छ ।

पत्रमा एम्बरका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार रहेको बताइएको छ । ‘हाम्रो संगठन हर्डलाई एडल्ट इन्टरटेनमेन्टको एक प्रोडक्सनमा काम गर्नका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार छ । एम्बर हाम्रो प्रस्तावमा सकारात्मक छिन् भने कृपया मसँग इमेलमा सम्पर्क गर्नुहोला । उनले हामीसँग सर्तसहित काम गर्नुपर्ने हुन्छ । के हर्डलाई यो अवसरप्रति विचार गर्छिन् ?’ पत्रमा लेखिएको छ ।