बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने

everest kitchen

काठमाडौँ । २००१ को बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए ।

हालै निर्देशक एस शंकरले नायक-२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ ।

यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिनेछन् ।