अरिंगालले टोकेर एकको मृत्यु

everest kitchen

बागलुङ । बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।

रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको थियो। तर मंगलबार बिहान घरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।