एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

everest kitchen

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन् । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।

आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको भनाई राखे ।
बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उनले औल्याए ।

देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाए । नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उनको कथन थियो । उहाँले गठबन्धन राष्ट्रबादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने उनको भनाई थियो ।

उनी भन्छन्,-” देश रहे मात्र प्रजातन्त्रको आभास हुन्छ , देश बचेमात्रआर्थिक समृद्धि हुन्छ ” । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरलाई अस्थायी राजधानी बनाउने पक्षमा रहेपछि आफुले उपप्रधानमन्त्री पदबाट राजिनामा दिने चेतावनी पछि हेटौंडा अस्थायी राजधानी भएको उनले बताए ।

त्यो बेला बनेको अस्थायी राजधानीलाई एमालेका नेता डोरमणी पौडेल मुख्यमन्त्री भएपछि स्थायी कायम भएको भन्दै प्रशम्सा गरे । सातवटा प्रदेशको राजधानी हेटौंडालाई नमुनालायक बनाउने पनि उनले उद्घोष गरे ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एबम हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत, नेकपा एमाले मकवानपुरका अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेद्बार एकालाल श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाल, इन्द्र नेपाललगायतको सहाभागीता रहेको थियो ।