राक्सिराङको महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सप्पन्न

everest kitchen

सरिखेत । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ३ को महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा सप्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष सितामाया सिन्तानको सभाध्यक्षता गाउँ पालिका अध्यक्ष राज कुमार मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा बिशिस्ट अतिथि जिल्ला सहकारी संघका सदस्य शंकर कालाखेती ,रेडक्रस मकवानपुर जिल्ला सभापती लाल बहादुर थापा,अतिथिहरु समाजसेवी बाबू लाल स्याङ्तान,३ नं. का वडा अध्यक्ष उत्तम वाईबा,बिरेन्द्र जिम्बा लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा उत्कृष्ट ऋणी समूह१,उत्कृष्ट ऋणी दता २ ज लाई प्रमुख अतिथी मल्ल द्वारा दोसल्ला ओडाउदै सम्मान गरेका थिए । त्यस्तै जेष्ठ नागरिक ३ एकल महिला ४ जना लाई बिशिस्ट अतिथी द्वोय काला खेती र थापाले दोसल्ला ओडाएर सम्मान गरेका थिए।

कार्यक्रममा अध्यक्ष मल्लले अनुदानको लागि ऐनले दिए सम्मको सहयोग गर्ने प्रतिबद्धता सँगै संस्था लाई बधाई दिएका छन।

त्यस्तै त्यस संस्थाको कुल सम्पत्ति झण्डै ४ करोड रहेको छ भने २०७९/०८० को कुल मुनाफा झण्डै २० लाख रुपैयाँ रहेको छ भने ८११ जना सेयर सदस्य रहेको छ।