नेता शाहद्धारा रुकुमका काङ्ग्रेस नेता कार्यकर्तालाई चुनावीसभामा सहभागी हुन निर्देशन

everest kitchen

रुकुम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले रुकुममा हुने बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा भाग लिने काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आईतवार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा सम्पन्न पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ६ वटै पालिकाका सभापतित्वको नेतृत्वमा काङ्ग्रेसको झण्डासहित चुनावी कार्यक्रममा सहभागी हुन नेता शाहले निर्देशन दिएका हुन ।

काङ्ग्रेसका नेता कार्यकर्तालाई भोलिदेखि हुने सम्पुर्ण संयुक्त चुनावीसभामा हुने सहभागी हुन निर्देशन दिदै उनले देशमै सबैभन्दा बढी मत दिएर प्रत्येक्षमा जनार्दन शर्मालाई जिताउन आह्वान गरे ।

साथै उनले गठबन्धनको सन्दर्भमा भने, “राजालाई छोरा दिने राजाको छोरी विवाह गर्ने परिवारको मान्छे हुँ तर राजा ज्ञानेन्द्रले सारा अधिकारहरु आफ्नो हातमा लिएर सारा एकाधिकार निरंकुश शासन गर्न खोजे अनि राजा विरुद्ध भूमिगत पार्टी माओवादीलाईसमेतलाई साथमा लिएर हाम्रो पार्टीको उतिबेलानै गठबन्धन भएको थियो । त्यसपछि मात्रै यो मुलकमा गणतन्त्र प्राप्त गर्ने सौभाग्य प्राप्त भएको हो ।

प्रचण्डको जिको टाउकोको मुल्य हाम्रो पार्टीका शेरबहादुर देउवाले तोकेका थिए, त्यसकारण हामी एक ठाउँमा हुन्छौं जस्तो मलाई लाग्दैन थियो तर आज एक भएका छौं । अब सहमति सहकार्य गरेर अगाडि बढ्नुपर्ने गरि अगाडि बढेका छौं, उनले भने” ।

 

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”,काङ्ग्रेस नेता गोपालजिजङ्ग शाह, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता गोपाल शर्मा अनल, पूर्व प्रदेशसभा सदस्य तथा एकीकृत समाजवादीकि नेतृ देवी वली, रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर “ख” का उम्मेदवार राजकुमार शर्मा, प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरु लक्ष्मी पुन र प्रेमकुमारी सुनार केसी, प्रदेशसभा समानुपातिक उम्मेदवारहरु झक्कुप्रसाद घर्ती मगर र मिलन खडका, नेपाल समाजवादीका नेता अमर वली, काङ्ग्रेस नेता थल बहादुर खड्का, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, माओवादी नेता मिनबहादुर ओली लगायत नेता तथा त्रिवेणी वासीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।