तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने

everest kitchen

 

मलेसिया – तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ ।

नयाँ बर्ष तथा अन्य अवसरहरुमा सधैं तेह्रथुम मलेसिया सम्पर्क मञ्चले भेला आयोजना गर्दै आएको तर यो पटकको भेला बृहत र विशेष हुने मञ्चका सचिव मनोज लिम्बुले बताए । संसार भर छरिएर रहेमा तेह्रथुमेली एक हौं, सुख दुखमा सधै सबैको लागि सारथि बनौं भन्ने मुल नाराको साथ बृहत भेला गर्दैछौं । मलेसियामा रहनु भएका सम्पुर्ण तेह्रथुमेली दाजुभाइ दिदिबहिनीहरुलाई कार्यक्रममा उत्साहजन सहभागीता भइ दिन सचिव लिम्बुले आग्रह गरे ।

मलेसियामा वैदेशिक रोजगारीको शिलशिलामा रहदै आएका तेह्रथुमेलीहरुको सहायता र एकताको लागि २०७२ सालमा तेह्रथुम मलेसिया सम्पर्क मञ्चको स्थापना भएको थियो । स्थापन काल देखि नै तेह्रथुमका असाहय र दुखीहरुको सहायता र उद्धार साथै सामाजिक कार्य गर्दै आएको छ ।  साथै सामाजिक सहायता कोष पनि स्थापना भएको मञ्चका अध्यक्ष रमेश थापाले बताए । संस्थामा जोडिनु सुख दुखमा साथ दिन र लिनको लागि हो तेसेैले खुल्ला हृदयले कार्यक्रममा ब्यापक सहभागीता हुने विश्वास रहेको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा सहभागी हुनको लागि सम्पर्क :
०११२७२८६००४ रमेश थापा
०११२८१५२६३४– मनोज लिम्बु
०११६४६८८४९२– पदमराज लिम्बु
०११६२०६२४०१– अटल सेनेहाङ्ग