राक्सिराङको घोर्कोटेमा बिजुली बल्यो

everest kitchen

मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा पहिलो पटक बिजुली बत्ती पुगेकोछ । निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानको गृह वडा समेत रहेको त्यस वडामा बिजुली बिस्तार भई स्थानिय जनताले बत्ती बाल्न पाएकाहुन् ।

१५० घरधुरी रहेको घोर्कोटे बस्तिमा बिजुली पुगे सङ्गै गाउँनै झिलिमिली भएकोछ । वडा सरकार र गाउँपालिका सरकारको ५ बर्षको प्रयासमा गाउँमा बिजुली बाल्न सकेकोमा निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानले वडा सरकार , गाउँपालिका सरकार , बिद्धुत प्राधिकरण र ठेकेदार सबैमा धन्यवाद दिए । यो क्षेत्रको बिजुली बिस्तारमा निबर्तमान सङ्घिय साम्सद तथा पुर्ब स्वास्थ मन्त्री बिरोध खतिवडालाई पनि भुल्न नहुने भन्दै उहालाई पनि धन्यवाद दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद गलानले अब बिद्धुतको प्रयोगबाट स्थानिय जनताले लाभ उठाउने बेला भएको भन्दै विद्युतको सहि सदुपयोग गर्न आम समुदायमा आग्रह गरे।

राक्सिराङ गाउँपालिकामा विद्युत बिस्तारमा धेरै कठिनाइ भएको भएता पनि गाउँपालिका सरकार जनताको सेवामा कटिबद्ध भएर लागि परेकोले आज बिजुली बत्ती बाल्न सफल भएको गाउँपालिका अध्यक्ष एबम बिशिष्ट अतिथी राज कुमार मल्लले बताए । पालिकाको बाँकी क्षेत्रहरुमा समेत बिस्तारको कार्य भईरहेकोले अब छिट्टै पालिका टुकि मुक्त हुने बताए । उनले पालिकाले बिपन्न जनतालाई मिटर बक्स नि:शुल्क बितरण गर्ने बताए ।

३ फेज १०० के भि को ट्रान्सर्फमर जडान भए सङ्गै अब स्थानिय जनतालाई राहत पुगेको र गाउँपालिका सरकार बिकास निर्माणका कार्यमा स्थानिय जनतासङ्ग साथमा साथ हातमा हात मिलाई अगाडि बढ्ने मल्लले बताए । राक्सिराङ गाउँपालिकामै बिद्धुत महशुल बुझाउने र मिटर रिडिङ्ग गर्ने कार्यालयको ब्यबस्था मिलाउन गाउँपालिकाको तर्फबाट सहयोग गर्ने र बिद्धुत प्राधिकरणले कर्मचारीको ब्यबस्थापन गरिदिन आग्रह गरे ।

त्यस्तै बिशिष्ट अतिथि एबम नेपाल बिद्धुत प्राधिकरण प्रदेश डिभिजन प्रमुख दिपेन्द्र राज दुबेदीले बिद्धुत बिस्तार सङ्गै स्थानिय जनताको जनजिबिकामा सुबिधा पुग्नेमा बिश्वस व्यक्त गरे । बाँकी क्षेत्रको बिद्धुत बिस्तारमा गाउँपालिका सरकार सङ्ग समवनय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्राधिकरणले किफायती र सुरक्षित तरिकाले बिजुली बत्ति बालिदिन र बिद्धुतको मिटर घर घरमा जडान गरिदिन स्थानियलाई आग्रह गरेकोछ ।

घोर्कोटेमा बाटो बिजुली आउनु ढुङ्गा माथी फुल फुल्नु पर्छ भन्ने हजुरबाको दन्त्य कथालाई चिर्न सफल भएको भन्दै वडा अध्यक्ष सन्जय कोईरालाले स्थानिय गाउँले माझ अब आफ्नो वडा टुकि मुक्त बनाउने अभियानमा लागि परेको र २/३ महिनामा बाँकी रहेका टोलहरुमा पनि बिद्धुत बिस्तार भई रहेकोले चाडै बिजुली बाट बत्ती बाली टुकि बत्ती मुक्त वडा बनाउने बताए । बास्तबिकता नबुझी केही सन्चार माध्यमले गलत समाचार सम्प्रेषण गरेको प्रती बास्तबिकताके हो त्यहीलाई उजागर गरिदन उनलेे आग्रह गरे ।

कार्यक्रममा निबर्तमान बागमती प्रदेश सभा सम्सद ओम बहादुर गलानको प्रमुख आतिथ्यता, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बिशिष्ट आतिथ्यता, नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख दिपेन्द्र राज दुबेदी , राक्सिराङ गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत देब चन्द्र गर्तौला, हेटौडा फ्युज शाखा प्रमुख नारायण श्रेष्ठ , विद्युत प्राधिकरण हेटौडाका लेखा अधिकृत , प्राधिकरणका कर्मचारी ,ठेकादार लगाएतका आतिथ्यता रहेको थियो । कार्यक्रम राक्सिराङ गाउँपालिका ४ नम्बर वडा अध्यक्ष सन्जय कोईरालाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।