मिटर व्याजी पीडितले नाराबाजी गरेपछि ज्ञानेन्द्र शाही विरोधस्थल छोडे

everest kitchen

काठमाडौं । मिटर व्याजी पीडितहरुले माइतीघरमा गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउन पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही विरुद्ध एक्कासी नाराबाजी गरेपछि उनि त्यहाँबाट हिडेका छन् ।

ज्ञानेन्द्र शाही राजावादी र सामान्तवादी भएको र उनको देखावटी समर्थनले आन्दोलन झन कमजोर हुदै जाने भन्दै उनि विरुद्ध राजावादीको एक्यवद्धता चाहिदैन, आन्दोलनलाई राजनीतिकरण गर्न पाइदैन भन्दै नाराबाजी गरेका थिए ।

हामीले यस विषयमा मिटरव्याज पीडितहरु संग कुरा गर्द उनिहरुले माग पुरा नहुन्जेल निरन्तर आन्दोलन जारी राख्ने बताए । साथै आन्दोलनमा शाही जस्ता केही अवसरबादी मानिसहरू प्रवेश गरेर परिस्थितिलाई अर्कै मोड तिर लैजाने खतरा प्रति आफुहरु सचेत रहेको बताए ।

ज्ञानेन्द्र शाहीले भने आफु जनप्रतिनिधि भएको नाताले नागरिक समस्य बुझ्न पुगेको तर आफु विरुद्ध पीडितहरुले नाराजुलुस गरेपछि त्यहाँबाट फर्केको पत्रकारहरुसंगको कुराकानीमा बताए ।

आज विहान टंगालमा धर्ना बसेका उनिहरु भद्रकाली हुदै माइतीघर मण्डलामा पुगेर फेरि धर्ना सुरु गरेका थिए ।