विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप

everest kitchen

विराटनगर । विराटनगरमा सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएपछि बिराटनगर तनावग्रस्त रहेको छ ।

प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगामुढा गरेका छन् ।