मुगुमा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला

everest kitchen

काठमाडौं । मुगुमा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फृला परेका छन् । जिल्लाको अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत २६ वर्षीया अनिल बुढा मृत अवस्थामा फेला परेका हुन ।

जुम्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ स्थायी घर भएका मृतक अनिलको घटनाको प्रकृति हेर्दा बुधवार दिउँसो अन्दाजि २ :४५ बजेतिर छाँयानाथ रारा नगरपालिका- १ स्थित जंगलमा सल्लाको रुखमा झुण्डीएर आत्मह,त्या गरेको प्रहरीको बुझाई रहेको छ । यद्यपि घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतकका साथीहरूका अनुसार “प्रहरीको तल्लो दर्जामा रहेर काम गर्दा आर्थिक देखि विभिन्न समस्या रहने जसले गर्दा संधै चिन्ता लाग्ने उनले बताउने गरेका थिए । यद्यपि घरयासी समस्या पनि रहेको साथीहरूसंग बताउदै आएका उनको मृत्युको कारण बारे भने थाहा हुन बाँकी नै छ ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत, नेपालगंज, कोहलपुर बाँके दरबन्दि भई जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहदै आएका थिए । उनको परिवारमा एक छोरा, श्रीमती र आमा बुवा रहेका छन् ।

मृतक बुढाको घटना बारे मुचुल्का उठाई पोष्टमार्टमको लागि उनको शवलाई जिल्ला अस्पताल मुगुको गमगडीमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।