मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको मृत्यु

everest kitchen

काठमाडौँ । मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको मृत्यु भएको छ । काठमाडौंको शान्तिनगर स्थित मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

४ दिन अगाडि मात्रै नेपालबाट मलेसिया पुगेका राई मलेसियाको निलाई भन्ने स्थानमा डोरीले पाँसो लगाएको अवस्थामा उनको शव फेला परेको छ । यद्यपि उनको खुट्टा भुईँमै टेकिएर अडिएको र डोरी समेत कमजोर क्लिपमा अड्काइएको देखिन्छ ।

परिवारका अनुसार उनको आत्मह,त्या नभई ह,त्याग हुन सक्ने शंका गरेका छन् ।परिवारका अनुसार बिहीबार राति ८ बजेतिर मात्र श्रीमती इन्द्रसुबा राईसँग उनले फोनमा कुरा भएको थियो ।

कुराकानी क्रमामा मृतक राई समान्य अवस्थामा नै रहेको बरु उनलाई होटलमा बस्न श्रीमती आग्रह गरेकी पनि उनले यतै केटाहरुसँग राम्रो छ भनेर त्यतै बसेका थिए । तर, राति उनी शौचालयमा डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन । (सम्पादन)