लक्ष्मण बस्नेतले प्राप्त गरे सातौं डान

everest kitchen

विपेन उलङगे, काठमाडौँ । तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल (सातौं डान) प्राप्त गरेका छन् । उनले बेलायतको लन्डनस्थित आईटीएफ सेन्टरमा उनले दुई साताको विशेष तालिमपछि यसै साता सातौं डान लिएका हुन् ।

उनी आईटीएफका भाइस प्रेसिडेन्ट ग्रान्ड मास्टर ट्रेभर निकोल्सले लिएको परीक्षामा उत्तीर्ण भएका छन् ।
तीन दशकदेखि लगातार तेक्वान्दो विकासमा लागेका बस्नेतले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विश्व तेक्वान्दो प्रतियोगितामा पदक जितिसकेका छन् ।