एनआरएनए मलेसियाको अध्यक्ष र महासचिवमा भिडन्त, केहि पदमा भने पुरा उम्मेदवारी पनि पुगेन

everest kitchen

हिमाल टाइम्स संवाददाता ।
क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव जस्तो आकर्षक पदमा भिडन्त हुने भएको छ ।
एनआरएनए मलेसियाको २०२३–२५ को कार्यकालको लागि हुदै गरेको निर्वाचनको लागि अन्तिम उम्मेदवार नामावली सार्बजनिक भएको छ । जसमा अध्यक्षमा तीन जनाको उम्मेदवारी कायम हरेको छ भने महासचिवमा तीन जना मध्ये कृष्ण नेपाल बाहिरिएका छन् भने टेकबहादुर अधिकारी र बिमल राना बीच भिडन्त हुने भएको छ ।


अध्यक्ष पदका प्रत्यासिहरु बिनोदकुमार थापा, राकेशप्रसाद महतो, सन्तोष कार्की मध्ये कोहिपनि सहमतिमा उम्मेदवारी छाड्न नमानेपछि निर्वाचन हुने अवस्था आएको हो ।
श्रोतका अनुसार सन्तोष कार्कीले बिनोदकुमार थापालाई अध्यक्ष पद छाड्न राजि भएपनि राकेशप्रसाद महतो सहमतिमा आउन नमानेपछि तीनै जनाले आफ्नो उम्मेदवारी कायम राखेका हुन । यस पटकको अधिवेशनमा बिनोदकूमार थापा निर्विरोध अध्यक्ष हुने प्रयासमा छन् ।
एनआरएनए मलेसियाको अन्य पदाधिकारी पदहरुमा भने पद बमोजिम उम्मेदवारी पनि परेन । जम्मा ६ जना उपाध्यक्ष हुनेमा ५ जनाको मात्र उम्मेदवारी परेको छ भने सह कोषाध्यक्षमा कसैको पनि उम्मेदवारी परेन । त्यस्तै १० जना कार्यकारी सदस्यहुनेमा ६ जनाको मात्र उम्मदेवारी परेको छ ।
समितिको अन्य पदहरु जस्तो सचिव, कोषाध्यक्ष, महिला उपाध्यक्ष, युवा संयोजक, युवा उपाध्यक्ष पदहरुमा भने पदबमोजिम मात्र उम्मदेवारी परेपछि सबैजना निर्विरोध भएका छन् ।
एनआरएनए मलेसियाको अधिवेशन यहि जुलाई ३० जुलाई आइतबारको दिन हुन गईरहेको छ ।