एनआरएन मलेसियाको आठौं अधिवेशन सम्पन्न,

everest kitchen

क्वालालम्पुर मलेसिया । गैर आवासीय नेपालसंघ मलेसियाको आठौं महाअधिवेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा सम्पन्न भएको छ। उक्त अधिवेशन बाट अध्यक्ष पदमा पुन बिनोद थापा सर्वसहमत निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रत्यासी थापा र राकेश प्रसाद महतोको आलोपालो अध्यक्षको नेतृत्व गर्ने सहमति अनुसार थापा एक बर्षीय कार्यकालको लागि अध्यक्षमा चयन भएका हुन ।

त्यसैगरी उक्त अधिवेशनबाट बरिस्ठ उपाध्यक्ष ईन्द्र नारायण लिम्बू,प्रथम उपाध्यक्षमा राकेश प्रसाद महतो,उपाध्यक्ष हेमराज सापकोटा,दिल केरुङ लिम्बू,रंजित कुमार क्षेत्री र अरुण गीरी चयन भएका छन ।

त्यसै गरि युवा उपाध्यक्ष पदमा नारायण अधिकारी,महिला उपाध्यक्ष,लिला मगर महासचिव पदमा टेक बहादुर अधिकारी,सचीव श्याम बहादुर श्रेष्ठ, बिष्णु प्रसाद बराल, कोषाध्यक्षमा वालध्वज लिम्बू,सह-कोषध्यक्षमा बिमल राण, युवा संयोजकमा राजु लामा,महिला संयोजकमा ईन्दु बस्नेत,कार्य समिति सदस्यहरुमा उमेश कोहिरी महत्तो, विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली, खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन।

त्यसै गरि आई सिसि सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल र मिरा पुरी गिरी निर्वाचित भएका छन।

कार्यक्रम बिनोद थापाको सभापतित्व र मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसैगरि कार्यक्रममा गैर आवासिय संघ केन्द्र कमिटीका उपाध्यक्ष आरके शर्मा,सचीव प्रविन गुरुङ लगायत थुप्रै केन्द्रिय कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सोअवसरमा शुभकामना मन्तव्य दिदै राजदुत पौडेलले राजदुतावास बैधानिक दुत भएतापनि दूतावास पछिको दुत भनेकै यहाँ श्रम गर्न आएका श्रमिकहरु पनि अतिआवस्यक दुत रहेको बताए । साथै उनले मलेसियाको जुन सुकै कुनामा श्रमिकहरुलाई समस्य परेको अबस्थामा दूतावासलाई खवर पुग्ने बित्तिकै रेस्क्यु गर्ने बताए।

त्यस्तै उक्त अधिवेशन निर्वाचन कमिटिका संयोजक खगेन्द्र न्यौपानेले सर्वसहमत निर्वाचित भएका पदाधिकारीहरुको नाम वाचन गर्दै निर्वाचित भएको घोषणा गरेका थिए। घोषणा पछि शुभकामना मन्तव्य राख्दै कमिटी सर्व सहमत बनाउन धेरै उतारचढाव भोग्नु परेको अन्तमा सफल भएको बताए।

त्यस्तै निर्वाचित भए पछि अध्यक्ष थापाले हिमाल टाईम्स सँग कुरा गर्दै आफुले धेरै ठूलो आसावादी दिन नसक्ने र मलेसियामा रहेको श्रमिकहरुलाई जुन सुकै कुनामा समस्य परे पनि आफू उपस्थित हुने श्रमिकको समस्या दूतावासको समन्वयमा समस्य समाधान गर्ने बताउदै अधिवेशन सफल बनाउन सहयोग गर्ने र उपस्थित सबै लाई धन्यवाद पनि प्रकट गरेका थिए