मलेसियामा अलपत्रको नेपालीको लागि बार्षिक ६० जनालाई हवाईटिकट उपलब्ध गराउछु – मंचका अध्यक्ष कुमाल

everest kitchen

मलेसिया । प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले मलेसियाको घरफिर्ती केन्द्रमा रहेका आर्थिक समस्यामा रहेका ६० जनालाई हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका छन्।

एनआरएनए मलेसियाको ८औ अधिबेशन कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै कुमालले समस्यामा परेका नेपाली श्रमिकको लागि बार्षिक ६० वटा टिकट उपलब्ध गराउने घोषणा गरेका हुन्।

नेपाली राजदूतावास मलेसिया र एनआरएन मलेसियाको समन्वयमा उक्त टिकट उपलब्ध गराउने अध्यक्ष कुमालले बताए।‌