विवाहको नाटक गरी सम्पत्ति हडप्ने भावना तामाङ दोषी ठहर

everest kitchen
फुर्वा र भावनाबीचको विवाह कार्यक्रम

विपेन उलङगे

काठमाडौँ । विवाहको नाटक गरि ठगी धन्दा गर्ने भावना तामाङ दोषी ठहर भएकी छन् । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई भक्तपुर जिल्ला अदालतले बुधबार भावनाले कसुर गरेको ठहर गरेको हो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला गरेको हो । सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

विभिन्न बहानामा विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिदै आएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए ।

सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । भक्तपुर जिल्ला अदालतले ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङले आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पति फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ अनुसन्धान सुरु गरेको थियो ।

झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा पतिले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना नेपाल फर्किएकी थिइन ।

ठगी आरोपमा गत बर्ष जेठ ३० मा उनलाई पक्राउ गरेर जिल्ला प्रहरी भक्तपुरले अनुसन्धान सुरु गरेको थियोे । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा मुक्तानसँग परम्परागत तथा विभिन्न सामाजिक मान्यता अनुसार विवाह गरेकी थिइन् ।

मलेसियामा ब्यबसाय गर्दै आएका फुर्बा दोर्जे मुक्तान र जपानमा बस्दै आएकी भाबना तामाङ फेसबुकबाट प्रेम सम्बन्ध गासिएको र दुबैजना नेपाल आएर गत साल बिवाहा गरेका थिए ।

विवाहपछि केही समय पति फुर्वासंगै काठमाडौंको मुलपानि स्थित घरमा संगै बसेकी भावनाले फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेपछि फुर्वाले ठगीको उजुरी दिएका थिए । सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाले थाहा पाएपछि बुझ्दै जादा भावनाले यसअघि पनि थुप्रैसंगै यस्तै खालको विहे गरेकी खुलेको थियोे ।

महिला पुरुष बराबर हो, बिबाह बन्धनमा बाधिएर दुबै जना एक भएपछि कतिपय नारिका चाहनालाई पनि सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राख्ने आफुलाई उक्त सोझोपनको फाईदा उठाएको फुर्वाले बताए ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।