मासु खाएकै कारण जेल जानुपर्ने देश साहेद नेपालमात्रै होला

everest kitchen

दिल निशानी मगर
गोरुको मासु खाएका तामाङहरु निकै बलिया थिए। तिनिहरुले शासकका लागी गाडी नै बोकेर हिडे। गोरुको मासु खाने मोटा, मोटा तिघ्रा-पाखुरा भएका आदिवासी जनजातीहरु पनि निकै बलिया थिए। तिनीहरुले ईमान्दारीपूर्वक पहिलो र दोश्रो विश्व युद्द लड्न गए। गोरुको मासु खाने कामीहरु झन् बलिया थिए, तिनीहरुले आरनमा दश किलोको घन ठटाएर कुटो, कोदालो र गाग्री बनाए। यसकारण खाने कुराको संस्कृती मूलत, श्रम संग जोडिएको हुन्छ।

ब्रमाहणहरुले कहिल्यै श्रमको काम गरेनन्। पलेटी कसेर पुजापाठ गर्दा, ज्योतिषीको काम गर्दा कुनै शारिरिक शक्तीको आवश्यक्ता पर्दैनथ्यो। गोरुको मासु नखाएका ब्रमाहणहरुले कहिल्यै हलो जोतेनन्, भरिया भएनन्, लड्न कस्सिएनन्। किनकी तिनीहरु हट्टाकट्टा थिएनन्। पछिल्लो समय विश्वमा औधोगिक क्रान्ती भयो। सबैले सबै प्रकारको श्रम गर्नु पर्ने बाघ्यता आई लाग्यो। त्यसपछी सबैले सबै प्रकारको जनावरको मासु खान थालेका छन्। आजभोली सबै हट्टाकट्टा देखिन्छन्।

विज्ञानको दृष्टीले गोरुको मासु खानु एकदमै राम्रो मानिन्छ। अफ्रिकी सिभिलाईजेशन शिकारीहरुको सिभीलाईजेशन हो। मासु खाएकै कारण प्रजनन क्षमता विकास भएर संसारभरी मान्छेहरु छरिएका छन्। गोरुको मासु खाने मान्छेले नै सर्वप्रथम आगो पत्ता लगाए। गोरुको मासु खाने राईट दाजुभाईले हवाई जहाज बनाए, गोरुको मासु खाने चार्ल्स बैबेजले कम्प्यूटर बनाए, गोरुको मासु खाने ग्राम बेलले टेलिफोन बनाए। गोरुको मासु खाने झाङ यिमिङले टिकटक बनाए।

कानुन भनेको त मानविय पो हुनु पर्ने हो। तर नेपालमा धार्मिक कानुन अन्य समुदायलाई दबाउनका लागी जबर्जस्ती लाद्ने काम भयो। जंगबहादुरले वनारसबाट मनुस्मृती निती ल्याएर निकै दुख दिए। त्यो त्यस्तो कानुन जुन कानुनमा ब्रमाहणहरु बाहेक अरु सबै जेल पर्न सक्ने कानुन। गोरुको मासु खाएको कारण लाखौ, हजारौ जेल परेका छन् त्यसमध्ये नब्बे प्रतिशत त रिसवीका कारण झुटो आरोपमा निर्दोष मान्छे जेल परेका छन्। मासु खाएको कारण जेल जानु पर्ने देश सायद विश्वमा नेपाल मात्रै होला।

अहिले सम्म नेपालमा गोरुको मासु लुकिछिपी नै खाने गरेका छन्। बजारको चोकमा गोरुको मासु पसल कतै छ जस्तो त लाग्दैन। राष्ट्रिय जनावरको संरक्षणमा राज्यले लगानी गरेको पनि देखिदैन। खानु सम्म दुध खाएर सडकमा ल्याएर छाडा छाडिएका माताहरुको दुखलाई धर्मभिरुहरुले कहिल्यै देख्दैनन् तर पल्टिएर मरेको गोरुको मासु खादा कानुनको ठेली बोकेर उपस्थित हुन्छन्। परापूर्वदेखि गोरुको मासु खादै प्रयोग गर्दै आईरहेका समुदायमाथी अत्याचार नै भए पछी प्रतिरोधको आन्दोलन त हुने नै भयो। धरानमा भएको त्यही हो।

बिसं २०१४ साल भन्दा अगाडी नेपाल हिन्दू राष्ट्र थिएन। राष्ट्रिय जनावर पनि थिएन। तर यो भूमीमा हजारौ बर्ष देखी मान्छेहरु थिए, तिनीहरुले धेरै श्रम गर्थे। श्रम गरेर नै तिनीहरुले यो भूमी खेती योग्य बनाएका थिए। धान, मकै , अन्नबाली कुनै भगवानले फलाई दिएको हैन, मान्छेले फलाएको हो। तर भगवान समानका श्रमजिवी मान्छेहरु लाई अधर्मी, पापी करार गरेर जुन प्रकारको घृणा र तिरस्कारको वाण प्रहार भईरहेको छ। यो हेर्दा यो देश अझै यसरी नै संसारकै नम्बर एकको हरितन्नम हुने निश्चित प्राय छ।